दफा ७४
शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने

(१) दफा ६९ को उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरीशिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको भएपनि सोही कारणले पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने छैन :–
(क) जवरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु जन्मिएमा,
(ख) दफा ७० को उपदफा (२) बमोजिम विवाह गर्न हुने नाता सम्बन्धमा बाहेक हाडनाता करणीमा सजाय हुने नाताकापुरुषसँगकोशारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएमा।
(ग) दफा ७० को उपदफा (१) को खण्ड (घ) बमोजिम विवाह गर्न उमेर पूरा नभएमा,
(घ) बहुविवाह कायम हुने अवस्था भएमा।